Aamsanchar

क्यानडामा डरलाग्दो खडेरी, दशौँ हजार सालमोन माछाहरुको मृत्यु

Author Image
बिहिवार, असोज २७, २०७९

क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछाहरुको मृत्यु भएको छ । अत्याधिक तापक्रमका कारण ति माछाहरुको मृत भएको ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूहले जनाएको छ ।

सालमोन माछाहरू फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको नदीको ताजा पानीतर्फ आउने गर्छन्। हरेक शरद ऋतुमा उनीहरूले अन्डा पार्न आउने सालमोनको सङ्ख्या गन्न त्यो क्षेत्रमा पैदल यात्रा गर्ने गर्छन्।

यस वर्ष उनीहरूले जे देखे त्यसबाट स्तब्ध बनेका छन्। श्रोत: बीबीसी

Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर