Aamsanchar

रोट्याक्टले दियो चारपाने सामुदायिक भवनलाई डस्टबिन 

Author Image
शनिवार, असोज २९, २०७९

चारपाने । रोट्याक्ट क्लव अफ बिर्तामोडले झापाको बिर्तामोड–२ चारपानेमा रहेको चारपाने सामुदायिक सेवा सदनलाई पाँच थान फोहोर व्यवस्थापन गर्ने डस्टपिन हस्तान्तरण गरेको छ ।

आज चारपाने स्थित सामुदायिक भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक कुशल अधिकारीले जानकारी दिए ।

क्लवका उपाध्यक्ष शुशिल थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा चारपाने सामुदायिक सेवा सदनका अध्यक्ष देविप्रसाद गिरीको  प्रमुख आथ्त्यिता रहेको थियो  ।

कार्यक्रममा चारपाने अर्जुनधारा विकास समाजका अध्यक्ष डिल्लीराम सिटौला, जग्गादाता नारायण राजवंशी, शिक्षासेवी राम सिटौला, नमुना टोल विकास समितिका अध्यक्ष हरिभक्त उप्रेती, चारपाने–अर्जुनधारा विकास समाजका उपाध्यक्ष देवि संग्रौलालगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रोट्याक्ट क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष बसन्त बुढाथोकी र प्रभाष थापा मगरले रोट्याक्टको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संयोजक अधिकारीले औचित्यमाथी प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन प्रज्वल विमलीले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)