Aamsanchar

ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

केपी शर्मा ओली । फायल फोटो गुगलबाट ।

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् ।

झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् । ओली घरमै औषधी खाएर आराम गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आएका थिए ।

ओली झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवार हुन ।  

भोली विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। यसैगरी दिउसो २ बजे दमकमा क्षेत्र नं ५ स्तरीय कार्यकर्ता भेटघाट, पर्सी ३ गते जनतासँग भेटघाट, दमक ३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट गरेर अध्यक्ष ओली ३ गते दिउसो २ः५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको थियो ।

Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर