Aamsanchar

मोरङ : बाँस झ्याङमा लुकाएर राखेको १५ किलो गाँजा बरामद

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

विराटनगर – मोरङको जहदा गाउँपालिका–२ भाथीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बिहान ५:३० बजेतिर लागूऔषध गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । गाँजा कसले लुकाएको हो भन्ने यकिन भइसकेको छैन ।

भारततिर निर्यात गर्नका लागि लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र पारेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर