Aamsanchar

कनकाई नदिमा भव्य छठ पूजा आयोजना हुने 

Author Image
शनिवार, कार्तिक १२, २०७९


सुरुङ्गा । परम्परादेखि कनकाई माईको पूर्वी तटमा लाग्दै आइरहेको ऐतिहासिक छठ पूजाको तयारी पुरा भएको छ ।

भोलि आइतबार बेलुका र पर्सि बिहान धार्मिक मेलाकै रुपमा आयोजना गर्ने गरिको पूजाको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यस वर्ष पनि छठ पूजाको पूर्वसन्ध्यामा सुरुङ्गा देखि कोटीहोम छठ पूजा स्थलसम्म को स्थानलाई कनकाई छठ सेवा समाजको आयोजनामा सरसफाइ गरिएको छ । हाल छठ पूजा स्थललाई बेहुलीझै सिँगारिएको छ भने सुरुङ्गा चौकदेखि कोटीहोम परिसरमा विभिन्न स्वागत गेट समेत निर्माण गरिसकिएको छठ पुजा सेवा समितिका संयोजक मुन्ना शाहले बताए ।

हाल कनकाई माईमा ७० वटा घाट निर्माण गरिसकिएको र पूजाका लागि कनकाई नगरपालिका र छिमेकी पालिकाहरूका समेत ब्रतालुहरु ले पूजा गर्ने सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीले जानकारी आमसंचारलाई बताए ।

यस वर्ष कनकाई माईमा रातभर राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिने र रातभर जाग्राम समेत बसिने सांस्कृतिक विभागका संयोजक अमन गुप्ताले बताए  । पूजामा आउने सबै व्रतालु र भक्तजनलाई निशुल्क पानी, प्रसाद र चियाको प्रबन्ध गरिएको आयोजक समितिका महासचिव रविन गुप्ताले जानकारी दिए । पूजा सम्पन्न गर्नका लागि ९ लाख रुपैयाँ खर्च लाग्ने र खर्चको जोहो समेत सहयोगबाटै गरिसकिएको बताईएको छ । यस पटक पनि पूजा स्थलमा कनकाई नगरपालिकाले खोला खनेर फर्काइदिएपछि घाट निर्माणमा सहजता भएको आयोजक समितिका शंकर महासेठले बताए ।

पूजा सम्पन्न गर्नका लागि मुन्ना शाहको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति, राकेशकुमार चौधरीको संयोजकत्वमा युवा परिचालन तथा स्वयम् सेवक समिति गठन गरिएको छ भने आर्थिक, मञ्च व्यवस्थापन, स्वास्थ्य, संस्कृतिका, महिला समिति, मञ्च व्यवस्थापन उपसमिति समेत निर्माण गरिएको छ । भक्तजनको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य सेवा समेत प्रदान गरिने छ । आइतबार दिउसो १ बजेबाट सुरुङ्गा चौकमा भेला भई सांस्कृतिक झाँकी सहित भक्तजनहरू भेला भई र्याली सहित बजार परिक्रमा गर्दै आइतबार ३ बजेबाट कनकाई माई कोटीहोम क्षेत्रमा पूजा र सांस्कृतिक कार्यक्रमको सुरुवात गरिने छ । कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 454

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१