Aamsanchar

हिजाब विरोधी प्रदर्शनका क्रममा इरानमा गोली चल्दा बालबालिकासहित १० जनाको मृत्युु

Author Image
आइतवार, कार्तिक २०, २०७९

काठमाडौं – इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको ज्यान गएको छ ।इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली चलाएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणपूर्वी इरानका विभिन्न सहरमा हिजो भएका प्रदर्शन हिंसात्मक बनेको छ ।

तेहरानमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि देशव्यापी प्रदर्शन भइरहेका छन्।

Views: 256

प्रतिक्रिया (०)