Aamsanchar

आज चन्द्र ग्रहण, ९ घण्टा अघि देखि सुतक लाग्ने

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

विसं २०७९ साल कार्तिक २२ गते पूर्णिमाको दिन पर्न गएको चन्द्र ग्रहण र यस ग्रहणको विषयमा केही कुरा गरौँ ।

सामान्यतया चन्द्र ग्रहण पूर्णिमाकै दिनमा पर्ने गर्दछ । यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वी भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टिक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ । नेपाली आकाशमा भने यस चन्द्र ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ ।

चन्द्रोदय : साँझ ५ :११ चन्द्र ग्रहणको सुरुवात
उन्मूलन  मध्यावधि : साँझ ५:२७
मोक्ष : साँझ ६: ३४

चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस ग्रहणको सुतक काल बिहान ८ बेजेर ११ मिनेटमा नै सुरु हुन्छ, यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।

के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबीचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।

खग्रास र खण्डग्रास चन्द्र ग्रहण
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।

के ग्रहण नराम्रो हो ?
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।

ग्रहण पश्चात् दानपुण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।

यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नास गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 404

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१