Aamsanchar

ओमानले जीसीसीको भिसा वाहकलाई अनअराइभल भिसा दिने

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

काठमाण्डौ – गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को  भिसा वाहकहरूलाई ओमानले अनअराइभल भिसा दिने भएको छ ।

जीसीसीका देशमा  जुनसुकै पेसा, व्यवसाय वा रोजगारी गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

जीसीसीका देशमा कार्यरत विदेशी नागरिकलाई ओमानले सबै खाले व्यवसायीक प्रयोजनका लागि अनअराइभल भिसा दिने छ ।

ओमान प्रवेशका लागि आफू कार्यरत रहेकै देशबाट बाहेक अन्य देशबाट पनि ओमान प्रवेश गर्न पाउने छन् । तर भिसाको अवधि भने कम्तीमा तीन महिना अवधिको हुनु पर्ने छ ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर