

झापा- मेचीनगर–१५ कैयाटोलीमा १३ वर्षीया किशोरीको शब टिमाइको सानो पुलमुनि भेटिएको छ ।स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् ।

मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् ।ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ ।

मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए । उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो ।

घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेको छ ।
Views: 513

