Aamsanchar

इलाममा झलनाथ खनालले मतदान शिक्षा पढाए

Author Image
शनिवार, कार्तिक २६, २०७९

इलाम- इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक सभालाई सम्बोधन गर्दै मतदान शिक्षाबारे विस्तृत रूपमा बताए ।शुक्रबार इलामको सूर्योदय–६, सहिदपार्कमा भएको चुनावीसभामा पूर्ववक्ताले झलनाथ खनालको नाममा भोट मागेर छल गरिएको बताएका थिए । उनीहरूले भनेका थिए– यहाँ मतदान शिक्षा दिने नाममा कमरेड झलनाथ खनालको नाममा भोट माग्ने तर भोट सूर्यमा हाल्न सिकाइएको छ । पूर्वमन्त्री खनालले करिब ४१ मिनेटको भाषणमा पछिल्लो राजनीतिक घटनाक्रम, इलामको विकासका योजना र कार्यक्रमसँगै मतदान शिक्षाका सम्बन्धमा चर्चा गरे ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर