Aamsanchar

झापामा पुलबाट झरेर ४५ वर्षिय युवककाे मृत्यु

Author Image
आइतवार, कार्तिक २७, २०७९

मेचीनगर – झापाको मेचीनगरमा आइतबार बिहान पुलबाट झरेर एकजनाको मृत्यु भएको छ । दोकानडाँडादेखि पूर्व मेचीनगर नगरपालिका ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर एक साइकल यात्रीको मृत्यु भएको हो ।

मृतक बुद्धशान्ति ५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेल रहेका छन् । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पाखरेलको राति नै मृत्यु भएको र स्थानीय आज बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

Views: 1758

प्रतिक्रिया (०)

सम्बन्धित खबर