Aamsanchar

रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड

Author Image
आइतवार, कार्तिक २७, २०७९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

घटना पछि सभापति रवि लामिछानेले भनेका छन् । ‘यो आक्रमण भनेको म माथी भएको आक्रमण हो । प्रहरीले दोषीलाई संरक्षण गरेर लगेको छ । ति व्यक्तिलाई कानुनी कार्वाही गरियो ।

 

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर