जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्ना साथ तस्करले छाडेर भागेका थिए ।
बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 216