Aamsanchar

झापाको कनकाईमा दुर्घटना, अर्जुनधाराका मैनाली दम्पतीको मृत्यु

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अर्जुनधारा–६ का ५२ बर्षे नरेन्द्र मैनाली र मोटरसाईकलमा पछाडी बस्ने बर्ष ५० की श्रीमती सीता देवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउसो ३ बजेर ५० मिनेट मा पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि चिन्ताजनक अवस्थामा रहेका दम्पतीलाई उपचारको लागि बिर्तामोड स्थित एक अस्पतलामा पुर्याईएको थियो । ४ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त पाठकले आमसंचारलाई बताए ।

ठक्कर दिने बस र बस चालक मोरङ सुन्दरहरैचा नगरपालिका– ६ बस्ने बर्ष ४० को भुपाल देवानलाई प्रहरीले नियन्त्रण लिएको छ । सो घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

Views: 450

प्रतिक्रिया (०)

सम्बन्धित खबर