Aamsanchar

बिहीबारदेखि झापाभरि मादक पदार्थ बिक्री वितरणमा रोक

Author Image
बुधवार, कार्तिक ३०, २०७९

झापा – जिल्ला प्रशासन कार्यालय झापाले भोलि बिहीबारदेखि जिल्लाभरि मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भययरहीत वातावरणमा सम्पन्न गराउन गृह मन्त्रालयको पत्र अनुसार मंसिर १ गतेदेखि ५ गतेसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवा कार्य निषेध गरिएको जानकारी गराएको हो ।

सो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)