हल्ट प्राइज पोखरा विश्वविद्यालय २०२२/०२३ का लागी दर्ता कार्यक्रम शुरु भएको छ। शुक्रबार देखि दर्ता सुरु गरिएको हो । पोखरा विश्वविद्यालयले पोखरामा रहेका ६ सम्बन्धन प्राप्त विद्यालय र पोखरा विश्वविद्यालयका ४ आङ्गिक विद्यालय गरेर कुल १० विद्यालयका विद्यार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
२०२३ को हल्ट प्राइज च्यालेन्ज रि–डिजाइनिङ्ग फेसन रहेको छ। कार्यक्रममा विश्वका विश्वविद्यालय सँगै नेपालका विश्वविद्यालयले पनि यस कार्यक्रममा सहभागिता जनाउने छन् ।
यस कार्यक्रमको विजेताले १ मिलियन अमेरिका डलर प्राप्त गर्ने छ्न् ।