Aamsanchar

भग्वान बिष्णुको कुनकुन अवतार कहाँ र कसरी जन्मे ?

Author Image
शनिवार, माघ १५, २०७३

हामीले भगवानका अवतारहरूकाे चर्चा गर्ने हाे भने मूलतः भगवान विष्णुका अवतारहरू नै पुराणहरूमा अत्यधिक मात्रामा वर्णन भएकाे पाउँछाैँ। विभिन्न पुराणहरूमा विष्णु भगवानका २४ अवतारहरूकाे उल्लेख गरिएकाे पाइन्छ।  चौबीस अवतारहरूकाे परिचय:- आदि पुरूष, चार सनतकुमार, वराह, नारद, नर-नारायण, कपिल, दत्तात्रेय, याज्ञ, ऋषभ, पृथु, मत्स्य, कूर्म, धन्वन्तरी, मोहिनी, नृसिंह, हयग्रीव, वामन, परशुराम, व्यास, राम, बलराम, कृष्ण, बुद्ध र कल्कि।यीमध्ये १० अवतारलार्इ प्रमुख मानिन्छ। यहाँ प्रस्तुत छ भगवानका आठ अवतारहरूकाे जन्म समय र जन्म स्थानका बारेमा संक्षिप्त जानकारीः

१.श्रीमत्स्य अवतार:- अवतरण तिथि चैत्र शुक्ल तृतीया, समय मध्‍याह्नोत्तर, स्थान कृतमाला तट। मलय पर्वतबाट निस्केकाे कृतमाला नदी दक्षिण भारतमा पर्दछ। यस नदीकाे तटमा तपस्यारत राजा सत्यव्रतलार्इ प्रसन्न गर्नका लागि भगवान स्वयं मत्स्य अवतार धारण गरी प्रथमपटक यसै नदीबाट प्रकट भएका थिए। दक्षिण भारतकाे पावन नगर मदुरई यसै नदीकाे किनारमा अवस्थित छ जसलार्इ दक्षिण भारतकाे मथुरा भनेर चिनिन्छ। यस नदीलार्इ केही विद्वानहरू ‘वेगा’ वा ‘वेगवती’ भन्दछन्।

२.श्रीकूर्म (कछुवा) अवतार:– अवतरण तिथि वैशाख शुक्ल पूर्णिमा, समय सायंकाल, स्थान क्षीरसागर। कूर्म अवतारमा भगवान विष्णुले समुद्र मन्थनकाे समयमा मन्दराचल पर्वतलार्इ अाफ्नाे पिठ्युँमा धारण गरेका थिए। याे सागर सप्त महाद्वीपमध्ये एक कौन्च महाद्वीपकाे चतुर्दिकमा फैलिएकाे छ।

३.श्रीवराह अवतार:- अवतरण तिथि भाद्रपद शुक्ल पञ्चमी, समय मध्‍याह्नोत्तर, स्थान हरिद्वार वराह क्षेत्र।

४.श्रीनृसिंह अवतार:- अवतरण तिथि वैशाख शुक्ल चतुर्दशी, समय सायंकाल, मूलस्थान मुल्तान।

५.श्रीवामन अवतार:- अवतरण तिथि भाद्रपद शुक्ल द्वादशी, समय मध्याह्न, स्थान प्रयाग।

६.श्रीपरशुराम अवतार:- अवतरण ‍तिथि बैशाख शुक्ल तृतीया, समय मध्याह्न, स्थान जमनिया गाउँ।

७.श्रीराम अवतार:- अवतरण तिथि चैत्र शुक्ल नवमी ५११४ इसा पूर्व समय मध्याह्न, स्थान अयोध्या।

८.श्रीकृष्ण अवतार:– अवतरण तिथि भाद्रपद कृष्ण अष्टमी ३११२ इसा पूर्व, समय मध्यरात्रि, स्थान मथुरा।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर