Aamsanchar

चुनावको नतिजा सोचे जस्तो नभए पछि ताइवानकी राष्ट्रपतिद्वारा पार्टी अध्यक्षबाट राजीनामा

Author Image
आइतवार, मंसिर ११, २०७९

काठमाडौं : ताइवानकी राष्ट्रपति साई इङ–वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।

‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन्।

वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन्। साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन्।

 

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर