झापा- प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य (सांसद)मध्ये ३४ जनाले स्नातक तह वा सोभन्दा माथिको अध्ययन गरेका छन् । राजनीतिमा पढेलेखेका मानिसको प्रवेश नभएको चर्चा भइरहँदा निर्वाचित प्रदेश सांसदहरु भने धेरै पढेलेखेकै परेका छन् ।

जसमध्ये एसएलसी सकेका ७ जना, ११ जनाले प्रविणता प्रमाणपत्र तह सकेका छन् । अन्य ४ जना भने अन्डर एसएलसी अर्थात् साधारण लेखपढ गर्न जान्नेहरु छन् । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरण अनुसार सुनसरी २ (२) बाट निर्वाचित एमालेका रामप्रसाद महतोले आफ्नो शैक्षिक योग्यता अन्डर एसएलसी लेखेका छन् । यस्तै एमालेबाटै निर्वाचित सुनसरी ३ (२) का रामदेव यादवको शैक्षिक योग्यता पनि अन्डर एसएलसी नै हो । यस्तै नेपाली काँग्रसका नेता तथा इलाम २ (१)बाट निर्वाचित गोविन्द गिरीको शैक्षिक योग्यता पनि सामान्य छ । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरणमा उनको शैक्षिक योग्यता ‘एजुकेसन एन/ए’ उल्लेख छ ।

यस्तै राप्रपाका भक्ति सिटौलाले एमफीलसम्मको अध्ययन गरेका छन् ।राताेपाटीबाट

