Aamsanchar

चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज गिरी र रविन्द्र सिंह बानियाँ मनोनित

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

काठमाडौं – नेपाल चलचित्र निर्माता संघले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ ।संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापन गर्ने भएको छ ।बैठकले आगामी पुस दोस्रो साता ‘चलचित्र विकास र विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरुको छाता संस्था हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर