Aamsanchar

पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु

Author Image
सोमवार, मंसिर २६, २०७९

एजेन्सी : पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ।

सो घटनामा १७ बढि घाइते भएका छन्।

हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ ।
पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज सावेरले यस हमलामा एक अफगानी सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन्।अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताएका छन्।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर