

काठमाडौं – चलचित्र विकास बोर्डले ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’मा नायिका पूजा शर्मालाई नियुक्त गरेको छ ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउन सशक्तिकरण कार्यक्रमहरू सञ्चालन गर्न बोर्डले नायिका शर्मालाई नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मी सशक्तिकरण कार्यविधि, २०७६, को दफा ३ बमोजिम गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिको सदस्य पदमा मनोनयन गरिएको बोर्डले जनाएको छ ।


Views: 229

