निर्वाचन समितिको कार्यालय
(२०७३)
निर्वाचन कार्यक्रमको सूचना
नेपाल पत्रकार महासंघ झापाको पदाधीकारी, सदस्य तथा सभासद् पदको निर्वाचनका लागि निर्वाचन समितिको मिति २०७३ साल माघ २६ गते बुधवार को निर्णय अनुसार तपसिल बमोजिमको निर्वाचन कार्यक्रम रहेकोे हुँदा, जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
निर्वाचन कार्यक्रम
१) मतदाताको नामावली प्रकाशन गर्नेः–
मिति २०७३ साल फाल्गुण ३ गते बिहान १० बजे
२) मतदाताको नामावली उपर दावी बिरोध गर्ने ः–
मिति २०७३ साल फाल्गुण ३ गते बिहान १०. ३० देखि अपरान्ह १२.३० बजे सम्म
३) दावी बिरोधको छानविन गरी निर्णय दिनेः–
मिति २०७३ साल फाल्गुण ३ गते दिनको २ वजे
४) मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेः–
मिति २०७३ साल फाल्गुण ३ गते दिनको ३ वजे
५) उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेः–
मिति २०७३ साल फाल्गुण ४ गते दिनको १० वजे देखि ३ बजे सम्म
६) उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्नेः–
मिति २०७३ साल फाल्गुण ४ गते दिनको ४ वजे
७) उम्मेदवारको विरोधमा उजुरी दिनेः–
मिति २०७३ साल फाल्गुण ५ गते बिहान ८ बजे देखि १० बजे सम्म
८) मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिनेः–
मिति २०७३ साल फाल्गुण ५ गते बिहान ११ बजे
९) उम्मेदवारको नामावली प्रकाशन गर्नेः–
मिति २०७३ साल फाल्गुण ५ गते अपरान्ह १ बजे
१०) उम्मेदवारको नाम फिर्ता लिने ः–
मिति २०७३ साल फाल्गुण ५ गते मध्यान्ह १२.३० बजे देखि अपरान्ह ३ बजे सम्म ।
११) उम्मेदवारको अन्तिम नामावली प्रकाशनः–
मिति २०७३ साल फाल्गुण ५ गते अपरान्ह ४ बजे
१२) मतदान गर्ने ः– मिति २०७३ साल फाल्गुण ७ गते अपरान्ह १ वजे देखि ५ बजे सम्म ।
द्रष्टव्य ः–
१) मतदान केन्द्र टाइम्स स्क्वायर पार्टी प्यालेस, विर्तामोड चारपानेमा कायम गरिएको छ ।
२) मतदान सम्पन्न भइसकेपछि समितिको निर्णय अनुसार मतगणना कार्य शुरु गरिने छ ।
३) गणना समाप्त भइसकेपछि निर्वाचन परिणाम घोषणा गरिने छ ।
४) मतदान गर्न आउँदा मतदाताले महासंघले जारी गरेको फोटो सहितकोे परिचय पत्र वा नागरिकता वा सवारी चालक अनुमति पत्र अनिवार्य लिई आउनु पर्नेछ । नलिई आएमा त्यस्ता मतदातालाई मतदानमा सहभागि गराईने छैन ।
मिति ः२०७३÷१०÷२६
समय ः बिहान १० वजे
……………………..
मुख्य निर्वाचन अधिकृत
निर्वाचन सम्बन्धी आचारसंहिता
नेपाल पत्रकार महासंघ शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०६४ (दोस्रा संशोधन २०७०) वमोजिम अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष(महिला), सचिव,सह–सचिव, सह–सचिव (समावेशी), कोषाध्यक्ष, सदस्य (खुल्ला), महिला (सदस्य), दलित (सदस्य) जनजाती(सदस्य) मधेशी (सदस्य) र सभासद पदको निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, विवाद रहित र प्रजातान्त्रिक ढङ्गले सम्पन्न गर्नका लागि निर्वाचन समितिको मिति २०७३ साल माघ २६ गते बुधवारको निर्णय अनुसार निर्वाचन सम्वन्धी निम्नाुसार आचारसंहिता लागू गर्ने निर्णय गरिएको हुँदा सबै मतदाता तथा उम्मेद्ववारहरुको जानकारीका लागि यो आचारसंहिता जारी गरी सूचित गरिएको छ ।
१) मतदान हुने दिन २०७३÷११÷०७ गते भएको हुँदा मिति २०७३÷११÷०६ गते दिउँसो १२ः०० बजेदेखि उम्मेद्ववारले कुनै प्रकारको प्रचार–प्रसार, पोष्टरिङ्ग र अन्य कुनै विद्युतिय प्रशारण गर्ने पाइने छैन ।
२) निर्वाचनको शिलशिलामा कुनै उम्मेद्ववारले अर्को उम्मेद्ववारको चरित्र हत्या गर्ने, मान मर्यादामा आघात पार्ने, गलत प्रचार–प्रसार गर्ने गराउने प्रत्यक्ष वा अप्रत्यक्ष कुनै कार्य गर्न पाइने छैन ।
३) कसैले पनि निर्वाचन समितिले तोकिएको मतदान केन्द्रमा कुनै पनि हात हतियार र मादक पदार्थ सेवन गरी प्रवेश गर्न पाइने छैन ।
४) मतदान गर्न आउँदा मतदाताले महासंघले जारी गरेको फोटो सहितकोे परिचय पत्र वा नागरिकता वा सवारी चालक अनुमति पत्र अनिवार्य लिई आउनु पर्नेछ । नलिई आएमा त्यस्ता मतदातालाई मतदानमा सहभागि गराईने छैन ।
५) मतदान गर्ने मतदाताले मतदान हुने मिति २०७३÷११÷०७ गते दिउसो १ः०० बजेदेखि ५ः०० बजेसम्म मतदान गर्न पर्ने छ, सो समय भित्र तोकिएको मतदान क्षेत्र भित्र प्रवेश गरी सक्नु पर्ने छ ।
६) निर्वाचन समितिले तोकिएको मतदान क्षेत्र भित्र र सो आस–पास बाहिर कुनै किसिमको प्रचार–प्रसार र हात हतियार मादक पदार्थ सेवन गरी शान्ति भङ्ग हुने खालको कुनै पनि गतिविधी गर्न पाइने छैन ।
७) उम्मेद्ववारले मतदान प्रतिनिधी÷ मतगणना प्रतिनिधी १ जना मात्र नियुक्ती गर्न सक्ने छ ।
८) उम्मेद्ववार आफै मतदान केन्द्रमा प्रतिनिधीको रुपमा रहे अर्को मतदान प्रतिनिधी नियुक्ती गरिने छैन ।
९) उम्मेद्ववारले मतदान केन्द्रमा पस्दा निर्वाचन समितिबाट जारी गरेको परिचय–पत्र अनिवार्य लगाउनु पर्ने छ ।
………………….
मुख्य निर्वाचन अधिकृत