Aamsanchar

नायक पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश जारी

Author Image
सोमवार, माघ २३, २०७९

काठमाडौं : उच्च अदालत पोखराले नायक पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश जारी गरेको छ। सोमबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश जारी गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले  जानकारी दिए।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि जिल्ला अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले १५ दिनभित्र झिकाउन आदेश दिएको उनले जानकारी दिए। तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपुरले अढाइ वर्ष जेल सजाय तोकेको छ। तर, अदालतको फैसला विरुद्ध पल शाहका कानुन व्यवसायीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए।

नवलपुरको गैंडाकोटस्थित एक होटलमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा शाहलाई प्रहरीले पक्राउ गरेको थियो।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर