Aamsanchar

सहारा नेपाल साकोसको १० औं बिस्तारित भेलामा स्वाथ्य र कृषि मन्त्रीलाई सम्मान

Author Image
सोमवार, माघ २३, २०७९

चारपाने ।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशमै एक उत्कृष्ट सहकारी रहेको बताएका छन् । मन्त्री गिरीले देशमा मात्र नभएर विदेशमा पनि सहारा नेपाल साकोस प्रेरणाको स्रोतको रुपमा रहेको बताउँदै सहकारीमा सहारा साकोस विश्व विद्यालय भएको बताएका छन् ।

सहारा नेपाल साकोसले सोमवार (आज) कनकाई स्थित जामुनबारी सिमसारमा आयोजना गरेको संस्थाको १० औं बिस्तारित भेलाका प्रमुख अतिथि समेत रहेका मन्त्री गिरीले नेपालका ३ करोड जनतालाई स्वास्थ्यमा हामी अब्बल छौं भन्ने भावना जागृत गर्ने गरी कार्य गर्ने योजना अगाडि सारेको बताएका छन् । उनले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले आफू स्वास्थ्यमन्त्री बनेको बताउँदै ठूलाठूला राजनीतिक भाषण गर्ने भन्दा पनि नागरिकको स्वास्थ्यमा काम गर्ने बताएका छन् ।

साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आगामी १० बर्षे रणनीतिक योजना संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले प्रस्तुत गरेका थिए । सचिव समेत रहेका गिरीले हालको अवस्थामा संस्थाको समग्र वित्तिय अवस्था, मिसन ०८८, सदस्य सुनौं, सदस्य बुझौँ अभियान, कोष तथा तरलता व्यवस्थापन, सदस्यलाई फ्लेसिलोन, आन्तरिक स्रोत बृद्धिको लागि बचतमा प्राथमिकता, उर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास र रोजगारी सिर्जना, सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच, पालिका तथा प्रदेश सरकारसँग सहकार्य, कृषि तथा पशु व्यवसाय प्रवर्द्धन, बहस तथा पैरवी, ज्येष्ठ सदस्यको सम्मान, सामाजिक सुरक्षा योजना, सदस्यहरूका लागि अध्ययन अवलोकन भ्रमण, सहकारी संस्थाहरूसँग एकीकरण लगायतका विषयमा आगामी रणनीति जानकारी गराएका थिए ।

चालु वर्ष पौष महिना सम्मको समग्र वित्तिय अवस्था अनुसार संस्थाको शेयर पुँजी १ अर्व, ६३ करोड, ४९ लाख ८४ हजार ४०० रुपैयाँ, बचत १० अर्ब ५३ करोड २७ लाख २९ हजार १३ रुपैयाँ ५८ पैसा, बाह्य ऋण १ अर्ब १६ करोड ७३ लाख ११ हजार ५८० रुपैयाँ २६ पैसा, जगेडा कोष १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ, अन्य कोषहरू १५ करोड ७७ लाख ५१ हजार ४५२ रुपैयाँ ६४ पैसा, अन्य दायित्व २७ करोड ८४ लाख ९३ हजार ८८६ रुपैयाँ ४७ पैसा, कार्यक्रम कोष ४२ करोड ५९ लाख ७४ हजार १८२ रुपैयाँ २ पैसा र नाफा २६ करोड ५१ लाख ७६ हजार ८७२ रुपैयाँ ७७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रममा प्रदेश  १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय सहकारी महासंघ नेपाल अध्यक्ष मीनराज कँडेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्याक्रमकाबिच मन्त्री गिरी र प्रदेश १ मन्त्री सिटौलालाई संस्थाले सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर