Aamsanchar

टर्की र सिरियालाई सहायता घोषणा गर्ने सरकारकाे तयारी

Author Image
बुधवार, माघ २५, २०७९

काठमाडौं : सरकारले भुकम्पले आक्रान्त बनेको टर्की र सिरियालाई आवश्यक सहायता घोषणा गर्ने तयारी गरेको छ।त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठक अहिले बसिरहेको छ ।

बैठक जारी रहेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘टर्की र सिरियामा गएको भुकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँ राहत तथा उद्धारको खाँचो छ। मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारको तर्फबाट आवश्यक सहायताको लागि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बैठक बसिरहेको छ।’

दुई दिनअघि गएको भुकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९ हजार नाघिसकेको छ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर