Aamsanchar

सागर धिमालको स्वर र संगीतमा ‘वर आऊ न’ सार्वजनिक, ‘मिस पबी’ र रमण धिमालकाे अभिनय

Author Image
शनिवार, माघ २८, २०७९

काठमाडौं : गायक सागर धिमालको स्वर तथा संगीत रहेको ‘वर आऊ न’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन्। टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी ‘मिस पबी’ र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन्।

क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले निर्देशन गरेका हुन्। त्यस्तै म्युजिक प्रोग्राम्ड ज्योति श्रेष्ठ तथा मेकअप आङ् दोर्जे शेर्पाले गरेका छन्।

भ्यालेन्टाइनको छेकोमा रिलिज गरिएको यस गीतले विदेशबाट फर्कंदै गरेका प्रेमी र प्रेमिकाबीचको रोमान्सलाई पर्दामा उतारेको छ। गायक सागरले यसअघि ‘सानो सानो मेरो सपनामा’, ‘हर्षमयु’ लगायत गीतमा आफ्नो स्वर दिइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (१)

सम्बन्धित खबर