Aamsanchar

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

Author Image
आइतवार, चैत १९, २०७९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। पेट तथा बायाँ कोखा दुख्ने समस्या भएपछि शनिवार बेलुकी  त्रिवि शिक्षण अस्पतालमा भर्ना भई उपचाररत राष्ट्रपति पौडेको स्वास्थ्य अवस्थामा केही सुधार आएको उनको उपचारमा संलग्न चिकित्सक डा. निरज बमले बताए।

 

उनका अनुसार ग्यास्टिकको आशंका गरिए पनि सो नभएको र आवश्यक रूपमा गरिएको प्रयोगशाला परीक्षण रिपोट आउने क्रम रहेको समेत बताए।

‘हिजोको भन्दा स्वास्थ्यमा सुधार आएको छ। सबै प्रयोग परीक्षण रिपोट आउन बाँकी छ। सबै रिपोट आएपछि हामी सोहीअनुरूप अघि बढ्छौँ’‚ डा. बमले भने।राष्ट्रपति पौडेल आइतबार पनि अस्पतालमा नै रहने समेत उनले बताए।

स्वास्थ्यमा समस्या आएपछि शनिवार साँझ शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अल्ट्रासाउन्ड, एक्सरे, रगत जाँच गरिएको छ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका थिए।

साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाट लगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर