बिर्तामोड । महिलाहरूलाई मात्र स्वास्थ्य सेवा उपलब्ध गराउन झापाको बिर्तामोडमा आजबाट डाक्टर प्रियंकाज क्लिनिक सञ्चालनमा आएको छ ।
दुवै जैविक र लिङ्ग सम्बन्धी भिन्नता हरुको परिणाम स्वरुप, एक पुरुष वा महिला हुनुले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पर्दछ । महिला र किशोरीहरूको स्वास्थ्य विशेष चासोको विषय हो किनभने समाजमा उनीहरु नेपाली समाजको सामाजिक तथा सांस्कृतिक वातावरणमा भेदभाव भोगिरहेका हुन्छन् । जस्ता भनाइलाई समाज सँग जोडेर प्रभावकारी र सुलभ स्वास्थ्य उपलब्ध गराउन बिर्तामोडमै पहिलो पटक महिला मैत्री क्लिक सञ्चालनमा ल्याएको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा वरिष्ठ महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रियंका कटवालले बताइन ।
प्थोलोजी, ल्याब र क्यान्सर परीक्षणसहितको सुविधा सहित क्लिनिक सञ्चालनमा ल्याइएको डाक्टर प्रियंकाज क्लिनिक बिर्तामोड–१ मुख्य राजमार्ग हिरोहोन्डा सोरुमको माथिल्लो तल्लामा रहेको छ ।
एक दशक देखि विशेषज्ञ डाक्टरको रुपमा काम गर्दै आएकी डाक्टर कटवालले यस अघि विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६ वर्ष सेवा दिएकी थिइन् ।
समुदायमा स्वास्थ्य सचेतना फैलाउने काममा उनी निरन्तर लाग्दै आएकी डाक्टर कटवालले झापामा छुट्टै पहिचान बनाई सकेकी छन् ।
क्लिनिक उद्घाटनको क्षणमा डाक्टर कटवालले समुदायका महिलाहरूलाई स्वास्थ्य सुझाव पनि दिएकी छन् । उनले सुझाव दिने क्रममा भनेकी छन् हाल महिलाहरूमा देखिएको स्वास्थ्य प्रमुख जटिलता भनेको ऐँजेरु पलाउने र अण्डादानी बटारिने, फुटने स्वास्थ्य समस्या रहेको छ । अबको एक दशकमा अहिले घर घरमा सुगर, प्रेसरका रोगी भए जस्तै क्यान्सर रोगीहरू रहने सम्भावना रहेको तथ्याङ्कले देखाएको छ । अझैपनि सामान्य रुपमा देखा परेको स्वास्थ्य समस्यालाई लुकाउने महिलाहरूको संख्या धेरै रहेको छ । यसले भोलिका दिनमा निकै ठुलो स्वास्थ्य जटिलता उत्पन्न गर्ने हुँदा महिलाहरू सचेत बन्नु पर्ने भएको छ । १२ वर्ष देखि माथिका किशोरीहरूमा पनि स्वास्थ्य समस्या देखिन थालेको छ । आफ्नो स्वास्थ्य परीक्षणमा किशोरी, महिलाहरूले ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ ।’ उनले थप्दै भनिन ’समयमै परिक्षण भएर क्यान्सर रोग देखिए अहिले डराउनु पर्ने अवस्था छैन । स्वास्थ्य विज्ञानमा भित्रिएको नयाँ प्रविधि र औषधीको विकासले सुलभ र सरल ढंगले क्यान्सर जस्ता जटिल रोगहरू निको हुन्छ ।’