Aamsanchar

श्रमदानमा सहभागी बन्नका लागि धरानका मेयरले राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र

Author Image
बुधवार, चैत २९, २०७९

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

धरान उपमहानगर पालिकाको लेटर प्याडमा लिखित पत्र मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मेयर राईले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)