Aamsanchar

युथ अफ खुदुनाबारीको पहलमा माङ्हिम पुजारीको घर शिलान्यास

Author Image
शनिवार, वैशाख २, २०८०

अर्जुनधारा ।  झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारी कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेला बहादुर लिंदमको घर शिलान्यास गरिएको छ ।

गएको महिना जङ्गली हात्तीको आतङ्कले  घर पूर्ण रुपमा पूर्ति गरेपछि पैसाको अभावमा लिंदम पालमुनि बसोबास गर्दै आएका थिए ।

नयाँ वर्षको अवसरमा एक कार्यक्रम बीच संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उक्त घरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गिरीले समाजको बत्ती बनेर युथ अफ खुदुनाबारी क्लबले काम गर्दै आएकोमा प्रशंसा गर्दै सबै मानिस सामाजिक कार्यमा एकता भए काम सफल हुने बताए । उनले घर निर्माणका लागि ५ हजार रुपैयाँ सहयोग गर्न घोषणा गरेका थिए । ६९ वर्षीय लिंदमको ३ कठ्ठा ११ धुर जमिन  र पाँच जनाको परिवार रहेको जनाइएको छ ।

सामाजिक सक्रिय संस्था युथ अफ खुदुनाबारीको पहलमा स्वदेश तथा विदेशमा सहयोगको लागि अपिल सँगै श्रोत जुट्दै गएको नवनिर्मित घर निर्माण समितिका संयोजक मदन गिरीले जानकारी दिए । २ कोठा, टिन लगाएर घर बनाउने लक्ष्य रहेको उनले बताए ।

हालसम्म घर निर्माणको लागि  १ लाख २२ हजार रुपैयाँ उपलब्ध भएको र स्वदेश तथा विदेशबाट थप सहयोग आउने अपेक्षा गरिएको युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिए ।

कैदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले पछिल्लो दिनमा क्लबले सामाजिक विकृति हटाउने काम सहित सामाजिक रुपमा दियो भनेर काम गरेको बताए । उनले घर निर्माणको लागि ५ हजार आफूले सहयोग गर्न बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिका कार्यपालिका सदस्य चन्द्रा तामाङ, साविक खुदुनाबारी गाविस पूर्व अध्यक्ष नर बहादुर कन्दङ्वा राम्रो काम गर्दा सहयोग जुट्ने बताए ।

क्लबका अध्यक्ष मनोज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अगुवा मिना पन्धाक, सशस्त्र प्रहरी बल खुदुनाबारीका प्रमुख अमर बहादुर भुजेल, अस्थायी प्रहरी चौकी खुदुनाबारीका आर वि मेहता, अर्जुनधारा वडा(३ सचिव खगेन्द्र लिङ्गदेन, डिभिजन वन कार्यालय झापाका कर्मचारी धनपति अधिकारी, युथ अफ खुदुनाबारीका संस्थापक सल्लाहकार दिव्य कट्टेल, जनता मावि व्यवस्थापन समिति सदस्य सूर्य इम्वुङ, बुद्धिजीवी लोकनाथ खतिवडा, स्थानीय अगुवा खेम दुलाल, कृष्ण प्रसाद बाँस्कोटा, राजेन्द्र काफ्ले, मिलन देवान, देव जबेगु, युथ अफ खुदुनाबारीका संस्थापक सचिव याम बाँस्कोटा लगायतको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन भने सचिव देव आनन कट्टेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)