

सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने भन्ने निर्णय भएको छ ।’ अंशवण्डा, जग्गासहित जग्गासम्बन्धी कारोबारका थुप्रै कुरामा कित्ताकाटमा समस्या भएको विषयलाई अब नियमावलीले समाधान गर्ने शर्माले बताइन् ।

यससँगै यसअघि कित्ताकाट बन्द गर्ने भनेर मन्त्रालयहरूले गरेका निर्णयहरू स्वतः खारेज हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

Views: 203

