Aamsanchar

एक किलो गाँजा बोक्दा सिंगापुरमा एक जनालाई दिइयाे मृत्युदण्ड

Author Image
बुधवार, वैशाख १३, २०८०

सिंगापुर । सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।

सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो ।

सिंगापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् ।  सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो ।

मानवअधिकारवादीहरूले पर्याप्त प्रमाणबिना नै उनलाई दोषी ठहर्‍याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिंगापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाइ भएको बताएका छन् ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर