Aamsanchar

इलाम–झापा मैत्री समाजको चौथो अधिवेशन बिर्तामोडमा हुने 

Author Image
बिहिवार, वैशाख १४, २०८०

बिर्तामोड । इलाम –झापा मैत्री समाजको चौथो अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ । तिन वर्षे कार्यकालको लागि यही बैशाख १६ गते बिर्तामोड –२ स्थित जय श्री ड्रिमल्याण्ड अधिवेशन आयोजना हुने आज ९विहिबार० बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

इलामबाट बसाइँ सराई गरेर झापामा स्थाई बसोबास गर्दै आएका इलामेली हरू बिच एकता, सदभाव, सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको इलाम–झापा मैत्री समाजले विभिन्न समाजिक कार्यहरू गर्दै आएको छ । कोभिडको वेला इलाम जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण, इलामका प्रकाश थापालाई औषधि उपचारमा सहयोगलगायतको सामाजिक कार्यहरू गरेको तर अपेक्षित कार्यहरू भने गर्न नसकिएको मैत्री समाजका अध्यक्ष कमलप्रसाद पौडेलले बताए । उनले भने ‘मैत्री समाज राजनीति भन्दा बाहिर रहेको छ । समाजका सदस्यहरूको हित, इलाम र झापा जिल्लाको सामाजिक विकासका लागि अब नयाँ नेतृत्व त्यसमा पनि युवाले नेतृत्व गर्नु पर्ने हुन्छ ।

इलामबाट झापामा बसाइँ सरी आउनेको संख्या अनुमानित ५० हजार रहेको छ । मैत्री समाजमा  ५ सय जनाले सदस्यता लिइसकेको मैत्री समाजकी उपाध्यक्ष देविका बस्नेतले बताइन ।

समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महासचिव अच्युत दाहालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)