Aamsanchar

दाङ जिल्ला वन महासङ्घको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित

Author Image
शुक्रवार, वैशाख १५, २०८०

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । । नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा बिष्ट सर्वसम्मतिमा चयन भएका छन् ।  अधिवेशनले २२ जनालाई सदस्यमा आमसहमतिबाट निर्वाचित भए । 

 बुधबार शुरु भएको छैठौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि आज अध्यक्ष पदमा निर्वाचन भएको हो । अन्य पदमा भने आम सहमति जुटेको छ ।

यसैबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आजै एक कार्यक्रमकैबीच पद तथा गोपनियताको सपथ खुवाइएको छ । निर्वाचन संयोजक घनश्याम थापाले नवनिर्वाचितहरूलाई सपथ खुवाउनु हुन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद भुसाल, निवर्तमान अध्यक्ष भूपेन्द्र सुवेदी, वन महासङ्घका प्रदेश उपाध्यक्ष तिलकराम भण्डारीले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)