Aamsanchar

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने

Author Image
मङ्गलवार, जेठ २३, २०८०

विराटनगर – नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए ।

अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् ।एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो । सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिइसकेको छ ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर