Aamsanchar

असन्तुष्ट रहेकाहरुसँग संवाद  गर्न कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन

Author Image
बुधवार, जेठ २४, २०८०

विराटनगर –कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद  गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।

Views: 355

प्रतिक्रिया (०)