Aamsanchar

घोराही कांग्रेस क्षेत्र नं. २ ले खटायो वडावडामा प्रतिनिधि

Author Image
बुधवार, असार ६, २०८०

घोराही ।   नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले सदस्यहरूलाई हरेक वडाहरूमा खटाएको छ । क्षेत्रिय समितिको आज बुधवार घोराहीमा बसेको बैठकले ‘नयाँ सदस्य प्रवेशका लागि वडा र टोलको क्रियाशीलता’ अभियान अन्तरगत क्षेत्रिय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई क्षेत्रमा रहेका वडाहरूमा खटाउने निर्णय गरेको हो ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्र अन्तरगतका २७ वटा वडाहरूमा प्रतिनिधि खटाएको हो । जस अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा कमल गौतम, १३ मा देवा सुवेदी, १४ मा ताराबहादुर डिसी र तुलसीकुमारी वली, १५ मा चित्रबहादुर डाँगी –निर्मल०, १७ मा रञ्जित श्रेष्ठ, १८ मा दानबहादुर बुढाथोकी, १९ मा रमेशकुमार पाण्डे, बङ्गलाचुली गाउँपालिका १ मा तेजमणि दाहाल, २ मा धनेश्वर आचार्य, ३ मा हिमाल महरा, ४ मा मधुसुदन अधिकारी, ५ मा पदमराज शर्मा, ६ मा हरिबहादुर घर्ती, ७ मा दिनेश नेपाली, ८ मा प्रज्ञान रेग्मीलाई खटाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा जंगबहादुर जिसी र बदरुदिन राई, ७ मा निमबहादुर चौधरी, ८ मा रेखा केसी र शान्ता घिमिरे, ९ मा पार्वती योगी, १० मा गोपालप्रसाद भुसाल, ११ मा झगबहादुर बस्नेत र जयभोला परियार, १२ मा खुमाकुमारी खड्का र लक्ष्मी गिरी थापा, १६ मा शारदादेवी दाहाल र गोवर्धन डाँगीलाई खटाईको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा जगुलाल चौधरी र सीता चौधरी, १७ मा युवराज आचार्य, १८ मा राधा भण्डारी र १९ मा हिमबहादुर रावतलाई खटाईएको छ ।

बैठकले क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा क्षेत्रिय प्रशिक्षण शाखा गठन गरेको छ । नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा निर्देशन बमोजिम नियमावलीको दफा ३३ को उपदफा ४ बमोजिम उपसभापति प्रकाश श्रेष्ठ संयोजक रहेको प्रतिनिधिसभा क्षेत्रिय प्रशिक्षण शाखा गठन गरिएको छ । यस्तै क्षेत्रिय कार्यसमितिले वर्षाको समय सुरु भइसकेकाले किसानहरूलाई सहज रुपमा मल उपलब्ध गराउन अनुरोध गरेको छ । हरेक वर्ष वर्षाको समयमा किसानहरूले सहज रुपमा मल नपाउँदा धान रोपाइमा समस्या भइरहेकाले आवश्यक मल समयमै सहज, सरल, समावेशी र निष्पक्ष तरिकाले उपलब्ध गराउन सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)