

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवारी भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाईजहाजहरुमा यात्रुको सुविधाका लागि दिइने सूचना स्थानीय नेपाल भाषामा समेत प्रवाह गर्ने प्रवन्ध गर्न महानगरले पहल गर्नेछ ।

अहिले आन्तरिक उडानमा नेपाली र अंग्रेजी भाषामा यस्तो सन्देश दिने गरिन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजमा भने सम्बन्धित मुलुकको राष्ट्रिय भाषा र अंग्रेजी भाषा प्रयोग गरिन्छ ।
Views: 100

