Aamsanchar

नदीमा पौडी खेल्ने क्रममा एकै परिवारका १२ जना बगे,सात जनाको शव फेला

Author Image
मङ्गलवार, असार १९, २०८०

मलेसिया : मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जंगलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन्।

स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन्। तीन मिटरसम्म पानीको बहाब बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो। उनीहरूले पानीको बहाब अचानक बढ्ने कल्पना पनि गरेका थिएनन्।

‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर