Aamsanchar

लागूऔषध ओसारपसार अभियोगमा कनकाईका एक युवासहित ६ जना पक्राउ

Author Image
बुधवार, असार २०, २०८०

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ वर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

यसै गरी  इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-८ का २५ वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई लेटाङ ९ का २० वर्षीय दिबाहाङ राई, २० वर्षीय पवन बाग्दान र २६ वर्षीय अभिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर