Aamsanchar

थम्ब्स–अप इमोजी पठाउँदा क्षतिपूर्ति भराउने आदेश

Author Image
मङ्गलवार, असार २६, २०८०

काठमाडौं –क्यानडामा एक किसानलाई ‘थम्ब्स–अप इमोजी’का कारण करिब ८२ हजार क्यानेडियन डलर क्षतिपूर्ति भराउने आदेश दिइएको छ ।

सास्काचेवानको स्विफ्ट करेन्टस्थित कृषि फर्मका मालिक क्रिस अच्टरले सन् २०२१ मा एक अन्न खरिदकर्ताले आलस किन्न पठाएको करारको फोटोमा थम्ब्स–अप इमोजी पठाएका थिए । आलस खरिदको करारलाई ‘कन्फर्म’ गर्न भन्दै गरिएको म्यासेजमा उनले थम्ब्स–अप इमोजी पठाएका हुन् ।

खरिदकर्ताले करारमा उल्लेख गरेको समयमा आलसको डेलिभरी भएन । त्यसपछि कम्पनीविरुद्ध करार अवज्ञाको मुद्दा दायर गरिएको थियो ।

यसरी बिक्रीकर्तालाई करिब ८२ हजार क्यानेडियन डलर घाटा भएको भन्दै कोर्ट अफ किंग्स बेन्चका न्यायाधीशले थम्ब्स–अप इमोजी पठाउने कृषि फर्मलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर