Aamsanchar

मेचीनगर: सेप्टी ट्याङ्कीमा डुबेर घाइते भएका बालकको मृ*त्यु 

Author Image
मङ्गलवार, असार २६, २०८०

झापा । मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० धुलाबारीका ८ वर्षीय तान्छोक लिम्बुको आज मृत्यु भएको छ ।

प्रहरी स्रोतका अनुसार आज विहान साढे १० बजेतिर उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो ।

सोमवार दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।

सेप्टिक ट्यांकीको मुख प्लाईवोडले ढाकिए थियो । पानीले भिजेर पोचिएको उक्त प्लाई बालकको वजन थाम्न नसकेर भाचिए पछि दुर्घटना भएको हो ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर