काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति समाजिक सञ्जलाबाट घृणा र द्वैश फैलाउने सामग्री सम्प्रेशण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ ।
यसरी घृणा फैलाउने गरी गैरकानूनी कार्य गरेकाले कानून बमोजिम कारबाहीका लागि प्रहरीको साइबर ब्यूरोमा परेको निवेदनका आधारमा टाइगर राना मगर नाम भएको फेसबुक पेजका सञ्चालक रुपन्देहीका ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरिएको जनाइएको छ ।
निवेदनमाथि अनुसन्धान गर्ने क्रममा टाइगर राना मगर भएको फेसबुक प्रोफाइलको टाइमलाइनमा सम्माननीयज्यूको तस्वीरसमेत प्रयोग गरी कानूनले प्रतिबन्ध लगाएको भ्रामक, आपत्तिजनक शब्दहरु प्रयोग गरी प्रकाशन तथा प्रशारण तथा प्रदर्शन गरेको देखिन आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ कसुरमा काठमाडौँ जिल्ला अदातबाट पक्राउ अनुमति लिइ बुटबलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।