Aamsanchar

प्रधानमन्त्रीले भने : फोटो खिचौँ भन्नेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्‍याउनुहोला

Author Image
सोमवार, साउन १५, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो खिच्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न नेताहरूलाई सचेत गराएका हुन्।

‘फोटोलाई प्रमाणका रूपमा लिन सक्छन्। त्यसैले फोटो खिचौँ भन्नेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्‍याउनुहोला,’ उनले बैठकमा भने।

सुन तस्करका आरोपीसँग उपमहासचिव वर्षमान पुनसँगको फोटो आएपछि विवादमा परेका छन्। प्रधानमन्त्रीले सोहीतर्फ संकेत गरेका हुन्।

यता, नेकपा एमालेले सुन तस्करीमा माओवादीका उच्च तहकै नेताहरूको साँठगाँठ रहेको आरोप लगाउँदै छानविनको मागसहित सदनसमेत अवरुद्ध गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर