विराटनगर : अन्न भण्डारको उर्वरभूमि मानिने कोसी प्रदेशमा साउनको चौथो सातासम्म ९० प्रतिशत धान रोपाइँ भइसकेको छ। गत वर्ष यस अवधिमा ८८ प्रतिशत धान रोपाइँ भएको थियो।
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार सबैभन्दा बढी सोलुखुम्बुमा ९९ र सबैभन्दा कम खोटाङमा ६५ प्रतिशत धान रोपाइँ भएको छ। तराईका जिल्लामा ९५ प्रतिशत धान रोपाइँ भएको छ।
निर्देशनालयले कोसीकोे मध्यपहाडमा धान खेती हुने ९० हजार ९ सय १६ हेक्टरमध्ये ७९ प्रतिशत धान रोपाइँ भएको जनाएको छ। मध्यपहाडमा ७१ हजार ५ सय ९४ हेक्टरमा धान रोपाइँ भएको छ। निर्देशनालय विराटनगरका कृषिविज्ञ नेत्रमणि काफ्लेका अनुसार तराईका तीन जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म २ लाख १५ हजार ७ सय ८४ हेक्टरमा धान रोपाइँ भएको छ। जुन धान खेती हुने क्षेत्रफलको ९६ प्रतिशत हो। त्यसपछि उच्च पहाडमा ८८ प्रतिशत धान रोपाइँ भएको छ। २४ हजार १ सय १३ हेक्टरमध्ये २१ हजार १ सय ४९ हेक्टरमा धान रोपाइँ भएको छ।

उच्च पहाडी जिल्लाको ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टरमा धान खेती हुँदै आएकोमा ८२ प्रतिशत रोपाइँ भएको छ। संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टरमा धान खेती हुँदै आएकोमा ९० प्रतिशत भएको छ। त्यसैगरी, मध्यपहाडी जिल्ला ओखलढुंगामा ४ हजार ४ सय ३ हेक्टरमध्ये ९३ प्रतिशत रोपाइँ भएको छ । भोजपुरमा १८ हजार ९२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म ८१ प्रतिशत रोपाइँ भएको छ। धनकुटामा ७ हजार ९ सय ५० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ८५, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टरमध्ये ८२, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये ७२ प्रतिशत रोपाइँ भएको छ।
पाँचथरमा ९ हजार २ सय ३ हेक्टरमध्ये ८६, इलाममा १४ हजार ८ सय १५ हेक्टरमध्ये ७९ प्रतिशत धान रोपाइँ भएको छ। झापामा ८७ हजार ५ सय हेक्टरमध्ये ९८ प्रतिशत धान रोपाइँ भएको छ। मोरङमा ८३ हजार ३ सय हेक्टरमध्ये ८१ हजार ६ सय ३४ हेक्टरमा धान रोपाइँ भएको छ। सुनसरीमा भने ८८ प्रतिशतमात्रै धान रोपाइँ भएको छ। सुनसरीमा ५५ हजार ५ सय हेक्टरमध्ये ५५ सय हेक्टरमा धान खेती हुँदै आएको छ। तराईका जिल्लामा भदौ १५ सम्म धान रोपाइँ हुने गरेको कृषि अर्थविज्ञ काफ्लेले जानकारी दिए। प्रदेश १ को तीन जिल्लामा धान रोपाइँ उल्लेखनीय नहुनुमा सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा रोपाइँका बेला पानी नछोड्नु र आकाशे पानीसमेत निरन्तर नभएकाले धान रोपाइँ प्रभावित बनेको बताइएको छ।
२०७२ सालमा अविरल वर्षासँगै मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहर बगाएको थियो । लोहन्द्रादेखि कानेपोखरी रंगेली रोडको पश्चिमका करिब १० हजार हेक्टर धान खेती गर्न समस्या हुने गरेको छ । निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीले पहाडी जिल्लामा पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको जानकारी दिए।