Aamsanchar

कडा सुरक्षाबीच इक्वेडरको राष्ट्रपतीय निर्वाचनमा मतदान

Author Image
सोमवार, भदौ ४, २०८०

काठमाडौं : इक्वेडरमा कडा सुरक्षाका बीच राष्ट्रपतीय र संसदीय निर्वाचनका लागि मतदान सम्पन्न भएको छ।

निर्वाचन अभियानका क्रममा राष्ट्रपति पदका उम्मेदवारको हत्या भएको घाउ मेटिन नपाउँदै ठूलो संख्यामा सैनिक र प्रहरी परिचालन गरी मतदान सम्पन्न गरिएको बीबीसीले उल्लेख गरेको छ। निर्वाचनमा वामपन्थी उम्मेदवार लुइसा गोन्जालेज र व्यापारिक पृष्ठभूमिका ड्यानियल नोबोआले ३३ र २४ प्रतिशत मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक नतिजाले राष्ट्रपति पदका लागि दोस्रो चरणमा मतदान हुने देखाएको छ। पूर्वबैंकर समेत रहेका राष्ट्रपति गुइलेर्मो लासोले संसद विघटन गरेपछि इक्वेडरमा समयअगावै निर्वाचन भएको थियो। नयाँ राष्ट्रपतिले आगामी २६ अक्टोबरमा पदभार सम्हाल्नेछन्। पूर्वराष्ट्रपति वामपन्थी नेता राफेल कोरेआकी सहयोगी  लुइसा गोन्जालेजलाई ८ दलको समर्थन रहेकाले बलियो उम्मेदवारका रुपमा हेरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)