Aamsanchar

नुवाकोटमा बोलेरो दुर्घटना, लेखापरीक्षकको मृ*त्यु

Author Image
सोमवार, भदौ ४, २०८०

नुवाकोट : नुवाकोटमा बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन्।

म्यागङ गाउँपालिकाको कार्यालय देउरालीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको बोलेरो जीप शुभघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेका बस्नेतलाई स्थानीयवासीले उद्धार गरी नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङको खुट्टामा चोट लागेका कारण त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनाको थप अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर