Aamsanchar

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा संसदीय दलका नेता राजेन्द्र लिङ्देन साउदी अरब गएका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा उनी मंगलबार साउदी अरब गएका हुन्।

अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा त्यहाँका प्रमुख शहरहरू जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

लिङ्देन राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्नुका साथै प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा पनि सहभागी हुने प्रवक्ता श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देन उतैबाट युएई जाने कार्यक्रम छ। प्रवक्ता श्रेष्ठका अनुसार युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग अध्यक्ष लिङ्देनले भेटघाट गर्ने, राजदूतावासका अधिकारीहरूसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्। अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)