Aamsanchar

अस्ट्रेलियाको भिसा रद्द भएको खबर हल्ला मात्र : समीक्षा अधिकारी

Author Image
बिहिवार, भदौ ७, २०८०

काठमाडौं : गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाको भिसा रद्द भएको खबर हल्ला मात्र भएको बताएकी छिन्।  बिहीबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको आरोप लगाएकी छिन्। सत्य तथ्य नबुझी आफूमाथि प्रहार नगर्ने उनले अपिल गरेकी छिन्।

 

‘एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलीयामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो’, उनले लेखेकी छिन्।

आफूले ठूला प्रहार खपिसकेको भन्दै उनले सके मिठा शब्द बोलिदिएर मनोबल बढाइदिन आग्रह गरेकी छिन्। ‘सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस्। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो’, उनले भनेकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर